What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, देशभर ३६० शाखाबाट सेवा
What To Know
- काठमाण्डाैँ । एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ। ‘सजिलो, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक’ को रूपमा आफूलाई स्थापित गर्दै आएको बैंकले आगामी दिनमा अझ प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने अठोट दोहोर्याएको छ।.
- हाल बैंकले देशभर ३६० वटा शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ। डिजिटल फष्ट बैंकको अवधारणालाई आत्मसात गर्दै बैंकले भौतिक संरचनासमेत मजबुत बनाउँदै आएको छ।.
काठमाण्डाैँ । एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ। ‘सजिलो, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक’ को रूपमा आफूलाई स्थापित गर्दै आएको बैंकले आगामी दिनमा अझ प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने अठोट दोहोर्याएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार २८ वर्षअघि सुरु भएको यो बैंकको यात्रा अहिले देशको सबैभन्दा ठूलो र अग्रणी बैंकको रूपमा अगाडि बढिरहेको छ। उनले बैंकलाई सर्वसाधारणको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बनाइदिन योगदान पुर्याउने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन्।
हाल बैंकले देशभर ३६० वटा शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ। डिजिटल फष्ट बैंकको अवधारणालाई आत्मसात गर्दै बैंकले भौतिक संरचनासमेत मजबुत बनाउँदै आएको छ।
वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा समेत सेवा विस्तार गरी बैंकिङ पहुँच पुर्याएको जनाएको छ। बैंकले डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउँदै देशको आर्थिक वृद्धिमा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।