नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

टिकटकर बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । टिकटकमार्फत सरकारविरुद्ध अभद्र अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न म्याद दिएको छ ।
उनीलाई प्रहरीको साइबर ब्युरोले गत सोमबार पक्राउ गरेको हो । खोटाङ घर भएकी बस्नेत टिकटक लाइभमार्फत सरकारको चर्को आलोचना गर्दै आएकी थिइन् । अमर्यादित र असभ्य भाषा प्रयोग गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो ।
हाल उनलाई दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक हुन् ।
बस्नेतको गिरफ्तारीको विरोधमा रास्वपाका नेताहरुले आवाज उठाएका छन् । आज रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित केही नेता तथा कार्यकर्ताहरू अदालत पुगेका थिए ।