नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दीपक मनाङेको संसद पद गयो, मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त
काठमाडौं । मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त भएको छ । २०७९ सालको निर्वाचनमा जितेका दीपक मनाङे (राजीव गुरुङ) अब प्रदेशसभा सदस्य नरहने भएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले आज उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडाल सहभागी थिए ।
सर्वोच्चको निर्णयसँगै मनाङ ‘ख’ मा उपचुनावको बाटो खुलेको छ ।
पूर्व मन्त्रीसमेत रहेका मनाङेलाई चुनाव लड्नै अयोग्य रहेको भन्दै अघिनै रिट दायर गरिएको थियो । अदालतले आजको मितिबाट उनी स्वतः पदमुक्त भएको ठहर गरेको हो ।
हाल थुनामा रहेका मनाङे निलम्बनको अवस्थामा थिए । अब उनी आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।
२०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ सालको चक्रे मिलनमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा मनाङेलाई ५ वर्षको कैद सजाय सुनाएको थियो । त्यसपछि मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।