What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा सम्पत्तिसम्बन्धी विस्तृत जानकारी उपलब्ध
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सञ्चालनमा ल्याएको लिलाम बिक्री पोर्टलमार्फत बैंकका लिलाम बिक्रीमा रहेका सम्पत्तिसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइएको छ।.
- बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सम्पत्ति र जानकारीहरू प्रकाशन गरिरहने जनाएको छ। पोर्टलमार्फत सम्पूर्ण जानकारी प्राप्त गरी इच्छुक ग्राहकहरूले सजिलै लिलाम प्रक्रियामा सहभागी हुन सक्ने बैंकको विश्वास छ।.
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सञ्चालनमा ल्याएको लिलाम बिक्री पोर्टलमार्फत बैंकका लिलाम बिक्रीमा रहेका सम्पत्तिसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइएको छ।
बैंकले लिलाममा राखिएका बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिसम्बन्धी विवरणहरू एकै ठाउँमा सहज तरिकाले हेर्न मिल्ने व्यवस्था गरेको छ। पोर्टल https://auctionassistance.nicasiabank.com मार्फत सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, स्थान पहिचानका लागि गुगल म्याप लगायतका विवरण प्राप्त गर्न सकिन्छ।
ग्राहकले बैंकद्वारा सार्वजनिक लिलाम सूचना भित्र राखिएको क्युआर कोड स्क्यान गरेर समेत सो पोर्टलमा पहुँच पाउन सक्छन्। इच्छुक व्यक्तिहरूले कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, मोबाइल नम्बर, इमेल र ठेगाना राखी सन्देश पठाउन सक्ने व्यवस्था पनि गरिएको छ।
बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सम्पत्ति र जानकारीहरू प्रकाशन गरिरहने जनाएको छ। पोर्टलमार्फत सम्पूर्ण जानकारी प्राप्त गरी इच्छुक ग्राहकहरूले सजिलै लिलाम प्रक्रियामा सहभागी हुन सक्ने बैंकको विश्वास छ।