संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे पुनः बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलले लगातार अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

अब प्रतिनिधिसभाको अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।

गृहमन्त्रीको राजीनामासहित छानबिनको माग राख्दै आएको विपक्षी दलहरूलाई सम्बोधन गर्न सत्तारुढ गठबन्धनले लिखित प्रतिबद्धता जनाउने तयारी गरेको छ ।

यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तिम निर्णय लिन केही समय अझै चाहिने बताएको छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् भोलिदेखि नियमित रूपमा सञ्चालन हुने बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *