एउटै व्यक्तिमाथि आँखा चिम्लेर बैंकद्धारा अर्बौं कर्जा लगानी, अहिले उठाउनलाई हैरानी !

अनुसा थापा
नेकपा एमालेका नेता महेश बस्नेतले विभिन्न बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको चर्चा यतिबेला बजारमा व्यापक चलिरहेको छ । उनका पार्टीका कार्यकर्ताहरु सार्वजनिक स्थलमा त्यसो भन्दै हिँडेका छन् । नेपाली काँग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काले पनि बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको बताइन्छ ।

हाल प्रहरीको हिरासतमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकलाई नै जोखिममा पारेर ऋण लिएको विषय पटकपटक बाहिर आइसकेको छ । भाटभटेनी साहु मीनबहादुर गुरुङ्गले ५३ अर्ब रुपैयाँ ऋण लिएको सर्वसाधारण बताउँछन् । उता, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सात लाखमा खरिद गरेको जग्गा राखेर २८ करोड रुपैयाँ निकालेको जग्गाधनीले बताएका छन् ।

यी त पात्र मात्र हुन् । बैंकबाट अर्बौं रुपैयाँ ऋण लिने हजारौंको संख्यामा छ । बैंकमा भएको पैसा जनता हो । बैंकले उनीहरुसँग के धितो राखेर यत्रो पैसा दियो ? एउटै व्यक्तिलाई यत्रो पैसा दिन कानुनले अनुमति दिन्छ ? यसको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका गर्भनर डा विश्व पौडेलले दिनुपर्छ ।

अहिले बजारको अवस्था के छ ? सबैलाई थाहा छ । आर्थिक मन्दीले व्यापारीलाई सताएको छ । घरजग्गा कारोबार सुस्ताएको छ । जग्गा किन्ने मान्छे भेट्नै गाह्रो छ । गाडी र सेयर बजार पनि निराशाजनक नै छ । बैंकबाट व्यापारीहरुले लिएको ऋण यिनै क्षेत्रमा बढी लगानी भएको छ ।

बैंकले सहकारीमाथि गरेको लगानी जोखिममा छ । कतिपय सञ्चालक ठगीको आरोपमा जेलमा छन् । कतिपय विदेश भाँसिएका छन् । सहकारीहरु धमाधम बन्द भइरहेको छ । बैंकले सहकारीमाथि गरेको लगानी अब कसरी उठाउँछ ? त्यो पैसा उठ्न असम्भवझैं छ । बैंकमा भएको बचत चोरी भइरहेको गुनासो पछिल्लो समय व्यापक आइरहेको छ ।

तर, सरोकारवाला निकायलाई कुनै चासो छैन । बैंकहरुलाई अहिलेपनि मनलाग्दी गर्न छुट दिइएको छ । बैंकले ऋणबाट करोडौं ऋण उठाउनुछ, धितो बेच्दा लाख आउन मुस्किल छ । अब कसरी बैंकले साँवाब्याज उठाउँछ, कसरी बचतकर्ताको पैसा फिर्ता गर्छ ? बैंकहरु सहकारीकै बाटोमा जाने देखिएको छ ।

यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंक सजग नहुने हो भने धेरै बचतकर्ता डुब्छन् । बैंकमा कर्मचारी रहेकाका आफन्तहरु भन्छन्–महिनौं भयो बैंकले तलब नदिएको । उता, सुरक्षा गार्डहरु पनि तलब नपाएको गुनासो पोख्छन् । काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले केही दिनअगाडि भनेकी थिइन्,‘बैंक तथा वित्तिय संस्था खाली गर्नका लागि घरधनीबाट सबैभन्दा बढी निवेदन आएको छ ।’

घरधनीहरु बरु घर खाली राख्छन्, तर बैंक तथा वित्तिय संस्थालाई भाडामा दिँदैनन् । सर्वसाधारणबाट बैंक तथा वित्तिय संस्था यति चाँडो नङ्गिन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् । बैंकले धेरैलाई पीडा दिएको छ । करोडको सम्पत्ति लाखमा खाइदिन्थें । अर्कोतर्फ, घुस पनि खान्थें ।

ऋणीलाई टर्चर दिएर मर्न बाध्य बनाउँथे । अहिले यिनीहरुको धन्दाको पर्दाफास भइसकेको छ । घुस खाएर बैंकले आनाको एक हजार पर्ने जग्गामा लाखौं लगानी गरेको थियो । विभिन्न कम्पनीले निकासा गरेको एक सयको सेयरमा चार हजा। रुपैयाँसम्म लगानी गरिएको थियो ।

ीछमेकी मुलुकमा एक हजार नपर्ने जग्गालाई लाखौं कर्जा दिइएको थियो । यो कुरा तबसम्म ढाकेको थियो, जबसम्म सञ्चारकर्मीलाई थाहा थिएन । अहिले त बैंकको सबैधन्दा पर्दाफास भइसकेको छ । लाखौं ऋणी यतिबेला कालोसूचीमा परिसकेका छन् । उनीहरुले धितो खाऊँ, हामी ऋण तिर्दैनौं भन्न थालिसके ।

अब बैंकले कहाँबाट जनताको पैसा फिर्ता गर्छ ? अझैपनि सञ्चारमाध्यम झुक्याउँछौं र जनता ठग्छौं भन्नेमा बैंक छ । तर, अब जनता धेरै सचेत बनिसके । बजारको अवस्था सबैले बुझिसकेका छन् । लिलाम गरेको सम्पत्ति किन्ने मान्छे छैनन् । मेडिकल व्यवसायी प्रसाईँले ‘मारवाडीहरु भगाउनुपर्छ’ भन्थे ।

उनीहरु आफैं भाग्ने भए । यता, बैंकहरु पनि डुब्ने भए । बजार सँधै एउटै गतिमा जाँदैन । कुनै बेला भाउ आकासिन्छ, कुनै बेला स्वाट्टै घट्छ । वर्षौंदेखि आर्थिक मन्दीमा रुमल्लिएको बजार अहिलेपनि त्यसबाट निस्किन सकेको छैन । झन् बजार डामाडोल बन्दै गइरहेको छ । सरकारी, गुठी र ऐलानी जग्गा धितो राखेर बैंकले कर्जा दिएको छ ।

अख्तियार ती जग्गा सरकारको नाममा फिर्ता ल्याउन तातिएको छ । कसैले सरकारी सम्पत्ति खान पाउँछ ? अब अख्तियार र अदालतले ती जग्गा सरकारको नाममा ल्याउँछ । बैंकको लगानी जोखिममा पर्छ । सञ्चारकर्मीको काम जनतालाई सचेत बनाउने हो । अब उनीहरुले बैंकको अवस्था र लगानीबारे जनतासामुन्ने छर्लङ्ग पारिदिनुपर्छ ।

जनतालाई ठगिनबाट जोगाउनु सञ्चारमाध्यमको दायित्व हो । सञ्चारमाध्यमले सहकारीको सत्यतथ्य बाहिर निकालेपछि बचतकर्ताहरु धमाधम रकम निकाल्नतर्फ लागे । जो मान्छे आफ्नो आफन्तको हो, हाम्रो सहकारी डुब्दैन भनेर बसे, उनीहरु चुलुम्मै भए । बैंकको हकमा त्यसो नहोस् ।

मालपोत कार्यालयमा गएर बुझ्दा र त्यहाँका लेखनदासहरुले भनेको सुन्दा घर जग्गा किन्ने एक जना पनि भेटिँदैन । मान्छे जन्मेपछि सरकारले जन्मदर्ता दिन्छ । त्यसमा जन्मेको साल, महिना र गते खुलाइएको हुन्छ । जन्मदर्ताको आधारमा नागरिकता दिन्छ । र, ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिन्छ ।

चार दशकअगाडि एक लाख रुपैयाँ रोपनीमा बिक्री नहुने जग्गा अहिले आनाकै करोडौं छ । यो कसले बनायो ? भूमाफियाले होइन ? जग्गा उति नै छ । बढेको छ । यस्तो ठाउँमा बैंकले लगानी गरेको छ । अनि बैंक नडुबे को डुब्छ ? भनिन्छ नि–कहिले सासुको पालो, कहिले बुहारीको ।

त्यस्तै भएको छ । सहकारी भाग्दा, लघुवित्त डुब्दा बैंक खुशी भयो । ‘सौता भाग्यो, अब हामीले मात्र खान पायौं’ भनेर बैंक मख्ख पर्यो । तर, सहकारी भागेको चार वर्षमै बैंक पनि त्यही बाटोमा गएको छ । ३५ हजार २३९ सहकारीले करोडौं बचतकर्ताको ४३ खर्ब रुपैयाँ खाइदियो ।

बैंकले कतिको बिचल्ली बनाउने हो ? समयले बताउँछ । बीऊ रोपेपछि मल हाल्ने, पानी हाल्ने, गोडमेल गर्ने, सुरक्षा गर्ने गर्यो भने मात्र फल खान पाइन्छ । तर, बैंकले त्यो बुझेन । रातारात धनी बन्न उद्देश्यले बैंकले धेरै बचतकर्ताको बिचल्ली बनायो । अहिले तिनै बैंकको बिल्लीबाठ हुने अवस्था आएको छ ।

अब बचतकर्ता मेरो पैसा बैंकमा सुरक्षित छ भनेर बस्नु हुँदैन । किन कि ब्याजको लोभमा साँवा नै गुम्न सक्छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले भने नेपालले मान्छेबाहेक अरु केही निर्यात गर्न सकेन । यसको अर्थ नेपालमा केही उत्पादन भएन भन्ने हो । नेपाली काँग्रेसका नेता गणेशमान सिंहले नेपाली जनतालाई भेँडा भन्थे ।

अहिले त्यस्तै भएको छ । खेतीयोग्य जमिन सबै मासेर घर बनाए । विदेशमा बसेर कमाएको पैसा पनि घरजग्गामा, रोजगारीमा कमाएको पैसा पनि घरजग्गामा । जोपनि घर बनाउने । अब के ईँट्टा र सिमेण्ट टोक्ने ? अहिले कोहीसँग कमाइखाने जग्गा छैन । यसमा बैंकको पनि ठूलो हात छ ।

आफ्नो घरको सपना देखाएर बैंकले जनता र देशलाई नै डुबाएको छ । पहिलेपहिले बुढापाकाले भन्थे,‘दुःखले सुःख खोज्यो, सुःखले काल खोज्यो ।’ घरजग्गा भन्दाभन्दै सबै डुबे । बैंकको पनि दुर्दशा शुरु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *