What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आफ्नो खातामा प्यान नम्बर तुरुन्त अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
What To Know
- Com वा मोबाइल एप ‘NIC ASIA MoBank’ को “PAN Update” विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, आवश्यक परेमा ग्राहकहरूले आफूलाई नजिकको बैंक शाखामा गएर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।.
- प्यान अद्यावधिक गरेपछि ग्राहकको खाताबाट कट्टी भएको ब्याजकरको विवरण E-TDS प्रणालीमा सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलाउने व्यवस्था रहेको बैंकले जनाएको छ।.
काठमाडौं। लाखौं ग्राहकलाई सेवा दिइरहेको एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकले ‘आयकर ऐन २०५८’ अनुसार सरकारद्वारा तोकिएको नियमअनुसार खाताबाट हुने करकट्टीको विवरण प्यान प्रणालीसँग जोड्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य भएको स्पष्ट पारेको छ।
ग्राहकहरूले बैंकको वेबसाइट panupdate.nicasiabank.com वा मोबाइल एप ‘NIC ASIA MoBank’ को “PAN Update” विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, आवश्यक परेमा ग्राहकहरूले आफूलाई नजिकको बैंक शाखामा गएर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
प्यान अद्यावधिक गरेपछि ग्राहकको खाताबाट कट्टी भएको ब्याजकरको विवरण E-TDS प्रणालीमा सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलाउने व्यवस्था रहेको बैंकले जनाएको छ।
यसले कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै पाउन सकिने सुविधा दिने एनआईसी एशिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
बैंकले प्यान अद्यावधिक नगरिएकै कारण E-TDS मा ब्याजकर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपरेमा त्यसको जिम्मेवारी बैंक नहुने प्रस्ट पारेको छ।
यसअघि नै प्यान नम्बर दिएको भए पनि करकट्टी विवरण समावेश नभएको देखिएमा ग्राहकले नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सेवा केन्द्र (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।