शिक्षा मन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

What To Know

  • काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।.
  • विद्या भट्टराई गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्। उनी कास्की क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन्। मन्त्री बन्नुअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सदस्यका रूपमा उनी सक्रिय थिइन्।.

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

शिक्षक आन्दोलन चर्किरहेको बेला मन्त्री भट्टराईले पद त्याग गरेकी हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनले तीव्रता पाउँदै गएको छ। आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग राख्दै आएका छन्।

सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि शिक्षामन्त्री भट्टराई गम्भीर दबाबमा परेकी थिइन्।

आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना छ।

विद्या भट्टराई गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्। उनी कास्की क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन्। मन्त्री बन्नुअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सदस्यका रूपमा उनी सक्रिय थिइन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *