What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

त्रिविले सुरु गर्याे ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको अनलाइन सेवा
What To Know
- काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइनबाट सेवा दिन थालेकाे छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार याे सेवा मंगलबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो।.
- अबदेखि विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर कागजी फारम भर्ने र लाइन बस्ने झन्झट बेहोर्नु पर्ने छैन। अनलाइन प्रणाली लागू भएपछि घरमै बसेर फारम भर्न सकिने छ।.
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइनबाट सेवा दिन थालेकाे छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार याे सेवा मंगलबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो।
अबदेखि विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर कागजी फारम भर्ने र लाइन बस्ने झन्झट बेहोर्नु पर्ने छैन। अनलाइन प्रणाली लागू भएपछि घरमै बसेर फारम भर्न सकिने छ।
नियन्त्रक जोशीका अनुसार त्रिविले आफ्नै प्रविधि प्रयोग गरी अनलाइन सेवा सञ्चालनमा ल्याएको हो। सुरुमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन प्रक्रिया अनलाइनबाट हुनेछ भने अन्य सेवाहरू पनि क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिने योजना छ।
उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा आगामी जेठ १५ गतेदेखि अनलाइनमार्फत उपलब्ध हुने छ।
विद्यार्थीले अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गर्नुपर्नेछ। त्यहाँ दिइएका निर्देशन अनुसार फारम भरी, तोकिएको शुल्क सम्बद्ध बैंकमार्फत अनलाइन भुक्तानी गरी आवेदन सबमिट गर्न सकिने छ।
जोशीका अनुसार रजिस्ट्रेसन कार्डमा उल्लेखित विवरण र मार्कसिटमा मिलान भएअनुसार नै फारम भर्नुपर्नेछ। विवरणमा त्रुटि देखिएमा ‘करेक्सन’ विकल्प प्रयोग गरी सच्याएर मात्र आवेदन पेश गर्न सकिनेछ।