नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
जाजरकोट । जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ।
पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.१ म्यागनिच्युट मापन गरिएको छ।
यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। केन्द्रका अनुसार यस भूकम्पको परिमाण ४.४ मापन गरिएको छ।
लगातार दुई दिनमा गएको यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।