बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलन घोषणा
काठमाडाैं । पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।
महासंघको आकस्मिक केन्द्रीय समितिको बैठकले पत्रकारको हत्या र सञ्चार गृह तथा पत्रकारमाथि आक्रमणको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार, सञ्चार गृहको अनुगमन, घाइते सञ्चारकर्मीको विवरण संकलन, आइतबार कार्यस्थलमा कालोपट्टी बाँध्ने, सोमबार सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला निकायहरूसँग छलफल गर्ने निर्णय भएको छ। परिस्थितिको विश्लेषणपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघले जनाएको छ।
रजक सम्बद्ध सञ्चार गृह र परिवारसँग छलफल गरी प्रतिवेदन तयार गर्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति गठन गरिएको छ, जसमा महासंघका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य छन्।
चैत १५ गते पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगजनीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी भएको, कान्तिपुर टेलिभिजनमा जबरजस्ती प्रवेशको प्रयास भएको र हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गरिएको महासंघले जनाएको छ।
प्रदर्शनको क्रममा पत्रकार दिनेश गौतमसमेत घाइते भएका छन्।