What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पूर्व राजा ज्ञानेन्द्र शाहलाई बालेनले यी आठ कसूरमा जरिवाना तिराउने (पत्रसहित)
What To Know
- सिनामंगल क्षेत्रको सकड र सडकपेटीमा जथाभावी फोहोरमैला गरेको कसूरमा महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको छ। त्यस्तै, तीनकुने क्षेत्रमा रहेका रुख, विरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार र तीनकुने आइल्यान्डमा तोडफोड गरेकोमा २३ हजार रुपैयाँ जरिवाना तोकेको छ।.
- यसैगरी बालकुमारी क्षेत्रको सडक र सडकपेटीमा भएको फोहोरमैला र वातावरणीय क्षतिका लागि एक लाख, जडीबुटी क्षेत्रको सडक र सडकपेटीमा फोहोरमैला गरेकोमा एक लाख र तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा फोहारमैला गरेकोमा एक लाख जरिवाता तोकिएको छ।.
काठमाडाैं । तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवाना तोकेको छ।
राप्रपा नेता नवराज सुवेदीको नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका थिए।
त्यसअघि बिहीबार प्रसाईंले पूर्व राजा शाहलाई भेटेका थिए। निर्मल निवास पुगेर पूर्व राजा शाहलाई भेटे लगत्तै प्रसाईलाई राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमान्डर तोकिएको थियो।
प्रसाईंले उस्काएपछि प्रदर्शन हिंसात्मक बनेको थियो। त्यसक्रममा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको ज्यान गएको थियो। प्रदर्शनकारीले तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए। महानगरले अनुगमनपछि आठ वटा कसूरमा जरिवाना तिराउन पत्र काटेको हो।
सिनामंगल क्षेत्रको सकड र सडकपेटीमा जथाभावी फोहोरमैला गरेको कसूरमा महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको छ। त्यस्तै, तीनकुने क्षेत्रमा रहेका रुख, विरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार र तीनकुने आइल्यान्डमा तोडफोड गरेकोमा २३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
यसैगरी बालकुमारी क्षेत्रको सडक र सडकपेटीमा भएको फोहोरमैला र वातावरणीय क्षतिका लागि एक लाख, जडीबुटी क्षेत्रको सडक र सडकपेटीमा फोहोरमैला गरेकोमा एक लाख र तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा फोहारमैला गरेकोमा एक लाख जरिवाता तोकिएको छ।