नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एन आई सी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कमलादी शाखा नयाँ भवनमा स्थानान्तरण भएको छ। बैंकले चैत १० गते आइतबारदेखि शाखालाई हालको स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा सारिएको बैंकले जनाएको छ।
बैंकका अनुसार अब कमलादी शाखाका सम्पूर्ण बैंकिङ सेवा नयाँ भवनबाट नै सञ्चालन हुनेछन्। स्थानान्तरणसँगै ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी रञ्जन खड्काले नयाँ स्थानमा पनि ग्राहकहरूको निरन्तर साथ र विश्वासको अपेक्षा गरिएको उल्लेख गर्नुभयाे।
बैंकले ग्राहक तथा सरोकारवालाहरूलाई कुनै असुविधा भएमा शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।