राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *