हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
केटीको बिहे गर्ने उमेर घटाएर ९ वर्ष
इराक । इराकको संसद्ले मंगलबार तीन विभाजनकारी कानून पारित गर्यो, जसमा व्यक्तिगत स्थिति कानून संशोधनहरू छन्। विपक्षीहरूले यसलाई बालविवाहलाई वैधानिक बनाउने आरोप लगाएका छन्।
संशोधनले इस्लामिक अदालतहरूलाई विवाह, सम्बन्ध विच्छेद, र उत्तराधिकारमा अधिकार दिन्छ, जसले १९५९ को कानूनलाई कमजोर बनाउँछ।
इराकमा हाल विवाहको लागि केटीकाे न्यूनतम उमेर १८ वर्ष छ। तर नयाँ संशोधनले धर्मगुरुहरूलाई इस्लामिक कानून अनुसार ९ वर्षसम्म कम उमेरमा विवाह गर्न अनुमति दिनेछ। देशका रूढिवादी सिया सांसदहरूले यसलाई इस्लामिक सिद्धान्तसँग मेल खाने र पश्चिमी प्रभाव घटाउने प्रयासको रूपमा ब्याख्या गर्दै समर्थन गरेका छन्।