सर्वोच्च बारमा लोकतान्त्रिक प्यानल निर्वाचित

काठमाडाैं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस निकट संगठन डिलए र नेकपा एकीकृत समाजवादी निकट संगठन एसपिएलएको गठबन्धन अत्यधिक मतले विजयी भएको छ ।

प्राप्त अन्तिम परिणामअनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादुर राउत ३४६,सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी अर्याल महर्जन ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएका छन् ।

महिला सदस्यमा अधिवक्ता शशी बस्नेत,वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्रशेखर खड्कासहित अधिवक्ताहरु प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली पनि आएका छन् । यसरी निर्वाचित हुने पदाधिकारीमध्ये सतिशराज मैनालीचाहिँ एमालेनिकट हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *