हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आईसीसी यू-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ।
संघले पूजा महतोको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, क्रिश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसाकुमारी यादव छन्।
गत महीना भएको यू-१९ एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। यू-१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेशियामा हुँदै छ। प्रतियोगितामा १६ टोली सहभागीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ‘डी’ मा बाङ्लादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। नेपालले पहिलो खेल माघ ५ गते बाङ्लादेशसँग खेल्नेछ। त्यसैगरी, दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ।