हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बयानमा सभापति लामिछानेले भने- सहकारी ठगी रकम लिएको छैन चेक दुरुपयोग भयो (पूर्णपाठ)
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयानमा बताएका हुन् ।
रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन् । ‘मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।
उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदासम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै किसिमको मिलेमतो संलग्नता छैन’, उनले भनेका छन् ।
रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए । उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ । उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो ।