What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
काठमाडाैं । सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन्।
काठमाडौँको साई स्वागत सहकारीका पूर्वअध्यक्ष समेत रहेको जंगमलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ परेको हो। रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेल पनि उक्त सहकारीमा उपाध्यक्ष थिइन्।
काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार जंगमविरुद्ध काठमाडौँ महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको हो।
अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अगाडि बढाइने अधिकारीले जानकारी दिए।