कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता (मतगणना अपडेट)

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन्।

डंगोलले ७८९ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र मानन्धरले ६६६ मत पाएका छन्। यस्तै, माओवादीका शिवशरण महर्जनले ४६५ र स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ४१८ मत प्राप्त गरेका छन्।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा भने नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरे।

कसले कति जिते ?

स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।

अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *