सरकारी वकिलसमक्ष के भने रवि लामिछानेले ?

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेसँग सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने काम भइरहेको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा उनीसँग बयान लिइएको हो । आइतबार सरकारी वकिल कार्यालयमा बिहान साढे १० बजेदेखि बयान लिइएको थियो।

उनको बयान नसकिएकाले सोमबार पुन: बयान हुने भएको हो। लामिछानेसँग गत शुक्रबार पनि बयान लिइएको थियो।

कास्की प्रहरीको न्यायिक हिरासतमा रहेका उनलाई गत बिहीबार साँझ काठमाडौँ ल्याएर शुक्रबारबाट बयान लिन थालिएको हो ।

तर, उनले सहकारीको रकम अपचलनमा आफ्नो भूमिका नरहेको इन्कारी बयान दिइरहेका छन् । प्रहरीले प्रमाणका रुपमा विभिन्न कागजात रहेको दाबी गर्दै बयान लिए पनि लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा गत कात्तिक २ गते उनी काठमाडौँको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।

काठमाडौंमा बयान सकिएसँगै उनलाई फेरि कास्की लगिनेछ। त्यसपछि चितवन लैजाने प्रहरीको तयारी छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *