What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्ने
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोलीले मंसिर १५ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे हुनेछ।
मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन्। तर, त्यसको भोलि पल्टदेखि भने दिनमा दुई खेल हुनेछ। पहिलो खेलमा बिहान ९:१५ बजे हुनेछ। दोस्रो खेल दिउँसो १:१५ मा हुनेछ। मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन्। दोस्रो खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ।
लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ। लिगको शीर्ष दुईमा रहने टोलीले सिधै क्वालिफायर खेल्ने छ। तेस्रो र चौथो स्थानका टोलीले भने एलिमिनेटर खेल्ने छ। यो खेल बिहान ९:१५ मा हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुनेछ। क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
यो खेल भने पुस ४ गते दिउँसो १२:१५ मा हुनेछ। यी दुईबीचको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते खेल्ने फाइनल खेल्ने छ। फाइनल खेल दिउँसो १२:१५ मा हुनेछ।