What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चितवन राइनोजको जर्सी सार्वजनिक
काठमाडौं। चितवन राइनोजले आफ्नो जर्सी सार्वजनिक गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले सोमबार नेपाल प्रियिमर लिग (एनपिएल) मा चितवनले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेकी हुन्।
कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने, मार्की कुशल मल्ल, खेलाडीलगायतको उपस्थिति थियो।
सोही अवसरमा चितवन राइनोजको गीत र मस्कट पनि सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ।