नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एनपीएलका खेल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुने
नेपाल प्रिमियर लिग (एनपीएल)का खेलको स्टार स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
एनपीएलको खेलको प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्टस्सँग सम्झौता भएको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। एनपीएलले पनि स्टार स्पोर्टस्सँग प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको उल्लेख गरेको छ।
स्टार स्पोर्टस्सँग सम्झौता भएको सार्वजनिक गर्दै एनपीएलले भनेको छ, ‘हामी स्टार स्पोर्टस्लाई नेपाल प्रिमियर लिगको आधिकारिक प्रसारण साझेदारका रूपमा घोषणा गर्न पाउँदा हर्षित छौं।’
एनपीएल मंसीर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विभिन्न टोलीले विदेशी खेलाडीलाई अनुबन्ध गरिरहेका छन्। भारतका चर्चित खेलाडी शिखर धवन कर्णाली याकबाट खेल्ने जनाइएको छ।