नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एनपीएल क्रिकेट : काठमाडौं गुर्खाजका विदेशी खेलाडी नाथन सोउटर काठमाडौंमा
काठमाडौं। काठमाडौं गुर्खाजले अनुभवी इङ्लिस लेग स्पिनर नाथन सोउटरलाई टोलीमा भित्र्याएको छ।
नाथन सोउटरले इङ्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, विशेष गरी टी-२० ब्लास्टजस्ता प्रतियोगितामा। अस्ट्रेलियामा जन्मिएका उनले न्यु साउथ वेल्सको यु-२३ टोलीबाट खेलेका थिए। ३२ वर्षे उनीसँग द हन्ड्रेड्स, भाइटालिटि ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी-२० खेलको अनुभव छ।
सोक्रममा उनले १४३ ट्वान्टी–२० खेलमा ७.६० को इकोनोमीमा १५४ विकेट र ११२.९० को स्ट्राइक रेटमा २ सय ४५ रन बनाएका छन्। उनले ओभल इन्भिसिबल्स, डेजर्ट भाइपर्स, डरहम र गुयाना अमाजोन वारियर्सबाट विश्वका विभिन्न लिग खेलेका छन्|
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजमा उनी पाचौं विदेशी खेलाडी हुन्। अर्का दुई इङ्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट् नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई टोलीले यसअघि नै अनुबन्ध गरिसकेको छ।