What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

घट्याे नम्बरी सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । स्थानीय बजारमा नम्बरी सुनकाे भाउ घटेको छ। आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।