नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडाैं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो । बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।