हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित
काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा जितका लागि दुईसय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा सात विकेटको क्षतिमा दुई सय ९१ रन जोड्दै पूरा गरेको हो ।
अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले सर्वाधिक एक सय चार रन बनाए । उनले ९७ बलमा १२ चौका र चार छक्काको सहयोगमा सतकीय पारी खेले ।
कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्ली भान सालवेकले अविजित २९, साइतेजा मुकामल्ला र जसदीप सिंहले समान ११ रन बनाए ।
बलिङ्मा नेपालका कुशल भुर्तेलले चार विकेट लिए । उनले ६ ओभरमा २३ रन खर्चिए । यस्तै सोमपाल कामीले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सवै विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । उनले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।
ओपनर अनिल शाहले ५६ र आसिफ शेखले ५२ रन बनाए । आरिफ शेखले ३७, दीपेन्द्रसिंह ऐरीले १३ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा अमेरिकाका अमेरिका नोस्थुस केन्जिगेले चार विकेट लिए । सौरव नेत्राभाल्करले दुई तथा हरमित सिंह, शाड्ली भान सालवेक र जसदीप सिंहले एक एक विकेट लिए ।
यससँगै लिग-२ को नौ खेलमा सात हार, एक जित र एक खेल वर्षाका कारण एक एक अङ्क बाँडेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । १० खेल सकेको खमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ ।
अब नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।