बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनकाे भाउ स्थिर, ताेलाकाे कति ?
काठमाडाैं । स्थानीय बजारमा शुक्रबार सुनको भाउ साविक दिनकाे तुलनामा स्थिर छ भने चाँदीको भाउ सामान्य भाउ घटेको छ। हिजो प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।
बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला दुई हजार ७० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।