हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
फेरि सडकमा उत्रिँदै सहकारी पीडित, वृहत राष्ट्रिय आन्दोलनको घोषणा
काठमाडौं । सहकारी पीडित फेरि सडकमा उत्रिने भएका छन् । सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो ।
‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ’, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’
सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन् । उनीहरुले पटकपटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन् ।
‘हाम्रो समस्याको सम्बोधन गर्ने क्रममा चासो नदेखाउने र फोन सम्पर्क गर्दासमेत नउठाउने सरकार अनुत्तरदायी भएका कारण आन्दोलनको घोषणा गर्नुपर्ने बाध्यता भएको हो’, उनले भनेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :