What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
काठमाडौँ। स्थानीय तह अहिले भ्रष्टाचारकाे अखडा बनिरहेका छन् । हालै अख्तियारले सार्वजनिक एक प्रतिवेदनले स्थानीय तहमा भइरहेकाे अनियमितताकाे कहालिलाग्दाे आंकडा देखाएकाे छ ।
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेकाे घटना त्यसकाे थप प्रमाण हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौँडाको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट बिहीबार पक्राउ गरेको छ ।
आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।






