What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पाेखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे।
यसअघि अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो।
गत शुक्रबार केन्द्रीय कार्यालय च:मतिबाट लामिछाने पक्राउ परेका थिए। लगत्तै उनलाई पोखरा लगिएको थियो।
सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो। संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको थियो भने प्रतिनिधि सभाबाट सरकारलाई पठाइएको थियो।
सरकारले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।






