What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नम्बरी सुनकाे भाउ घट्यो, ताेलाकाे कति ?
काठमाडौँ । स्थानीय बजारमा नम्बरी सुनको भाउ घटेको छ । पछिल्लाे केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाएको सुनको भाउ बिहीबार प्रतितोला सात सय रुपियाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपियाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपियाँमा कारोबार भएको थियो । बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपियाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपियाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपियाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






