What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रास्वपाकाे गतिविधिप्रति सत्तारूढ एमालेकाे आपत्ति
What To Know
- काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)ले रवि लामिछाने पक्राउ परेर अनुसन्धान भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधिप्रति आपत्ति जनाएको छ।.
- त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न र स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार पार्न एमालेले सरकारलाई अनुरोध गरेको छ।.
काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)ले रवि लामिछाने पक्राउ परेर अनुसन्धान भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधिप्रति आपत्ति जनाएको छ।
उसले लामिछानेलगायतमाथि भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टी महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरिरहेको आन्दोलनले रवि लामिछानेलगायतका सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूमाथिको अनुसन्धान प्रभावित हुने जनाएका छन्।
त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न र स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार पार्न एमालेले सरकारलाई अनुरोध गरेको छ।
रास्वपाका नेताहरूले पोखरामा चर्काइरहेको आन्दोलनलाई एमालेले अवाञ्छित भनेको छ।







