What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

केशव स्थापित बर्खास्त हुनुकाे यस्ताे छ खास कारण
What To Know
- काठमाडाैं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुधबार मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षका कारण स्थापितकाे मन्त्री पद गुमेकाे छ। मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएपछि स्थापितकाे मन्त्री पद गुमेकाे हाे।.
- त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।.
काठमाडाैं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुधबार मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षका कारण स्थापितकाे मन्त्री पद गुमेकाे छ। मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएपछि स्थापितकाे मन्त्री पद गुमेकाे हाे।
पार्टीका उच्च नेतृत्वसँगको छलफलपछि पौडेलले सो निर्णय लिएका हुन् । मन्त्री स्थापितको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।