१३ बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । बैंकहरुमा पैसा थुप्रिएपछि वाणिज्य बैंकहरु वैशाख महिनाको लागि ब्याज घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ ।

चैत महिनामा औसत ब्याजदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत रहेको थियो ।
२० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकहरुले चैत कै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्।

एभरेष्ट बैंक ब्याजदर बढाउने बैंक बनेको छ । बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबि बैंकले ०.९७ प्रतिशत बढाएर व्यक्तिगततर्फ ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल एसबिआई बैंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्राइम बैंकको ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कुमारी बैंकले ०.२५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर रहेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर राखेको थियो।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको थियो।

एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्लोबल आइएमई बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर राखेको थियो।

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर राखेको थियो।

सानिमा बैंकले ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

माछापुच्छ्रे बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तय गरेको छ।

प्रभु बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

नबिल बैंकले ब्याजदर स्थिर राख्ने नीति लिएको छ। बैंकले चैत महिना कै व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर वैशाखलाई पनि निरन्तर राखेको छ।

कृषि विकास बैंकले वैशाख महिनाका कै ब्याजदर निरन्तर राखेको छ । बैंकले बैशाखमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा पनि सोही ब्याजदर रहेको थियो।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले वैशाखलाई ब्याजदर स्थिर नै राखेको छ। बैंकले चैत महिना कै व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

अर्को बैंक हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेर चैत महिना कै व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गर्ने तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *