देशभर नै तुवाँलो

काठमाडौं । देशभर नै तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएको थियो । त्यो वर्षाले प्रदूषण केही कम भने गरेको थियो ।

अघिल्ला दिनहरुमा नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।

बिहीबार साँझ पानी परेपछि केही मात्रामा प्रदूषण घटे पनि शुक्रबार बिहान एक्यूआई १७३ सम्म पुगेको छ । यो भनेको अहिले पनि नेपालको वायु प्रदूषण जोखिमको स्तरमा छ भन्ने हो । त्यसैले वायु प्रदूषणको हिसाबले नेपाल शुक्रबार बिहानसम्म भारत र चीनपछि तेस्रो स्थानमा छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *