आईपीएल क्रिकेट : चेन्नई सुपर किंग्सबिरूद्ध हैदराबादको शानदार जीत

काठमाडाैं । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर १६५ रन बनाएको थियो । जवाफमा हैदरावादले १६ बल बाँकी रहँदै चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

हैदरावादका लागि एडेन मार्करामले ३६ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ५० रनको इनिङ खेले। टोलीलाई अभिषेक शर्मा र ट्राभिस हेडले द्रुत सुरुवात गरे, जसले टोलीलाई फाइदा पुर्‍यायो। यस खेलमा भारतीय अन्डर-१९ टोलीलाई २०१८ को विश्व च्याम्पियन बनाउने अभिषेक शर्माले तुफानी इनिङ्स खेल्दै खेललाई एकतर्फी बनाएका थिए ।चेन्नईका लागि मोइन अलीले दुई विकेट लिए ।

यसअघि चेन्नई दिल्ली क्यापिटल्ससँग पनि पराजित भएको थियो भने यो सिजन लगातार दोस्रो हार बेहोरेको छ । अभिषेक आफ्नो उत्कृष्ट इनिङ्सका लागि प्लेयर अफ द म्याच घोषित भए। चेन्नई सुपर किंग्सको यो लगातार दोस्रो हार हो भने सनराइजर्सले सिजनमा दोस्रो जित हात पार्दै अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । लगातार दुई पराजयको बाबजुद चेन्नई तेस्रो स्थानमा यथावत छ ।

अभिषेक–हेडले खेले तूफानी इनिङ्स

सामान्य लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तूफानी इनिङ्स खेले । दुवै ब्याट्सम्यानले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । इनिङ्सको दोस्रो ओभर बलिङ गर्न आएका मुकेश चौधरीलाई अभिषेक शर्माले लिए । अभिषेकले तेस्रो बलमा मुकेशलाई चौका र छक्का प्रहार गरे। यसपछि उनले फेरि पाँचौं बललाई बाउन्ड्री पार गराए। यो बल नो बल घोषित भयो र त्यसपछि अभिषेकले पनि फ्री हिटमा छक्का प्रहार गरे । यो ओभर चेन्नईका लागि निकै महँगो सावित भयो ।

यसअघि हैदरावादको इनिङ्सको दोस्रो बलमा मोइन अलीले ट्राभिस हेडको सरल क्याच लिएका थिए । त्यतिबेला हेडले खाता पनि खोलेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *