ललितपुरको जावलाखेलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

ललितपुर । ललितपुरको जवाला खेलमा यही चैत २२ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना गरिने भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजना हुने मेलामा नेपाल सहित, भारत पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, टर्की, मलेशिया, दक्षिण कोरियामा उत्पादित विभिन्न वस्तु तथा मौलिक उत्पादन र सेवा सम्बन्धी प्रदर्शनी गरिनेछ । मेलामा नेपाली हस्तकलाका सामग्री, फर्निचर, छालाका सामान, लत्ताकपडा, चुत्ता चप्पलदेखि स्वास्थ्यवर्धक सामान, जैविक उत्पादन र गरगहना लगायतका सामग्री पनि राखिने, आयोजकले जनाएको छ । मेलामा ललितपुरमा उत्पादन गरिएका निकासीयोग्य र दैनिक उपभोगका सामन पनि राखिनेछ । मेलामा नेपाल सहित विदेशका एक सय स्टल राखिँदैछ ।

आर्थिक पाटो :
मेला आयोजना गर्न साठी लाख रुपैयाँसम्म लाग्ने आयोजको अनुमान छ। यो रकममध्ये ललितपुर महानगरले दश लाख रुपैयाँ दिएको छ । मेला अवलोकन गर्न पच्चीस रुपैयाँ शुल्क लाग्नेछ । पाँच दिनको मेला एक लाखले अबलोकन गर्ने आयोजकको अपेक्षा छ । शुल्क बापत पच्चिस लाख रुपैयाँ आम्दानी हुनेछ । त्यस्तै स्टल शुल्क पच्चिस हजार रुपैयाँ तोकिएको छ । सयवटा स्टलबाट पच्चिस लाख रुपैयाँ उठ्ने छ । मेलामा चार करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

मनोरञ्जनको पाटो
मेलामा विभिन्न मुलुकका खानाका स्वाद, बालबालिकालाई गेमिङ जोन, फोटो सुट, सांस्कृतक कार्यक्रम सहित, कुमारी नाच, भैरब, योगिनी, सप्तलोचनी र तारा नृत्य लगायत बेलुीपख मधुर धुन सहितको आर्केष्ट्रा पनि हुनेछ । मेला स्थल जावलाखेल फुटबल मैदान चिडियाखाना नजिक छ । तर मेलाका सांगीतिक कार्यक्रमले चिडियाखानाका जनावरलाई डिस्टर्ब नपार्ने आयोजकको भनाइ छ । “यदि संगीतले जनावर तर्सिने अवस्था आए तत्काल बन्द गर्छौं”, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न शाक्यले भने ।

सावर्क मुलुकवीचको कला संस्कृति र रीतिरिवाज आदनप्रदान र मुलुकको आर्थिक गतिविधिमा समेत मेलाले सहयोग पु¥याउने आयोजकको दाबी छ ।

मेलाको पूर्वसन्ध्यामा आउँदो शनिबार बिहान जावलाखेलबाट ललितपुरका विभिन्न स्थान घुम्ने गरी वाकाथोन पनि आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *