What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
What To Know
- काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।.
- आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो । यससम्बन्धमा सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय भएको पाइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।.
काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो । यससम्बन्धमा सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय भएको पाइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
‘सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरूउपर एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार कैद र बिगो बमोजिम जरिवाना मागदाबी लिइएको अख्तियारको भनाइ छ।