हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश जारी गरेको हो ।
आदेशमा ‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पु¥याएको भए सम्बन्धन दिनू’ भनिएको छ ।
सरकारले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन ।
कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।