नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३८, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए। आयरल्यान्डका ग्यारेथ डेलानीले २ तथा थोसम मेयर र बेन ह्वाइटले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो। आयरल्यान्डका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ तथा करण केसी र कुशल मल्लले १/१ विकेट लिएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *