What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
‘स्पट फिक्सिङ’को मुद्दामा आदिलसहित पाँचजनालाई सफाइ
काठमाडौं । क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले ‘स्पट फिक्सिङ’को मुद्दामा सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सफाइ दिएको हो।
गत वर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले क्रिकेटर आदिललाई सफाइ दिएको हो।
उनीसँगै नितेश गुप्ता भन्ने नितेश शाह, नवीन कँडेल, रवि माझी र मेहबुब आलमले पनि सफाइ पाएका छन्। आलम नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन्।






