नम्बरी सुनकाे भाउ ह्वात्तै घट्याे, ताेलाकाे कति ?

काठमाडौं । स्थानीय बजरमा मंगलबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

सोमबार पहिला नम्बर सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *