शिखर इन्स्योरेन्सले गर्यो २० दिनमै भुकम्प पीडितलाई भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भुकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो ।

भुकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्याङ्कनको काम सुरु गरेको थियो । भुकम्पबाट पिडित बीमितको निवेदन आउनु भन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई खोजि खोजि क्षति मूल्याङ्कनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको छ ।

साखा कार्यालयका कर्मचारी तथा कम्पनीले खटाएका सर्भेयरले पहिलो चरणमा बीमित सँग आवश्यक समन्वय गरेर न्युनतम कागजात जुटाउनुका साथै दाबी रकम यकिन गरिएको थियो ।

विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति सङ्ख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिएका छन् ।

केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ । उनिहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको र सम्पर्कमा आउने वित्तिकै दाबी भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

नेपाल भुकम्पिय जोखिमको दृष्टिकोणबाट सर्वाधिक धेरै जोखिम युक्त देश हो । नेपालले भुकम्प मात्रै होइन अनेकौं प्राकृतिक विपदको सामना गर्दै आएको छ । त्यसैले हाम्रो जस्तो मुलुकका सम्भावित जोखिमको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण बन्ने गरेको छ । राज्यले प्राकृतिक प्रकोपका समयमा अर्बौ रुपैयाँ खर्च गर्नु परिरहेको छ । तर नेपालमा बीमा साक्षरताको अभावले गर्दा बहुसंख्यक नेपाली बीमाको पहुँच भन्दा बाहिर छन् ।

सरकारले दिने राहत समयमा नपाउँदा खुला आकाशमुनी बस्न बाध्य नेपालीहरुलाई बीमाको दायरामा ल्याउन नसक्दा उनीहरुले समयमा राहात पाउन सकेका छैनन् । जसले बीमा गरेका थिए उनीहरुले आफ्नो क्षतिको भरपाई बीमा मार्फत प्राप्त गरिसकेका छन् । अव उनिहरुलाई आफ्नो सम्पत्तिलाई पुर्व अवस्थामा ल्याउन कत्ती पनि गाह्रो हुने छैन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *