गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

शान्ति सम्झौताका बाँकी कामलाई टुंगो लगाउने विषयमा शीर्ष नेताको छलफल
काठमाडौं । विस्तृत शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगो लगाउने विषयमा शीर्ष नेताबीच छलफल भएको छ।मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच छलफल भएको हो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दल मध्यका तीन जना शीर्ष नेताबिच बालुवाटारमा छलफल भएको हो।उहाँहरुबीच शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको हो।
२०६३ साल मङ्सिर ५ गते तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।शान्ति सम्झौता भएको लामो समय भए पनि यसको काम अझैसम्म टुंगोमा पुगेको छैन।