प्रचण्ड पत्नी सिता दाहाललाई लाग्यो कहिल्लै निको नहुने रोग

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई कहिल्लै निको नहुने रोग लागेको पुष्टी भएको छ ।

बिगत ८ महिनादेखि थलिएकी दाहाललाई प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी –पीएसपी रोग लागेको सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालका न्युरो विशेषज्ञले पुष्टी गरेका छन् ।

डा. जगदीश अग्रवालका अनुसार पीएसपीको प्रारम्भिक लक्षण पार्किन्सन्स र अल्जाईमर्सका जस्तै हुन्छन् । यो मस्तीस्कमा लाग्ने रोग हो । पीएसपी भएपछि स्नायु कोष निस्कृय हुने भएकाले शरीर कडा हुने, काम्ने, सुस्तपन आउने, हिड्दा हुत्तिने र शरीर अररो हुदै जान्छ । केही बिरामीमा डिप्रेसन समेत पैदा हुन्छ ।

एसपी निको नहुने दिर्घरोग हो । यो रोगका बीरामीलाई औशधीले केही वर्ष मात्रै राम्रो काम गर्ने चिकित्सकको भनाई छ । राम्रो पारिवारिक वातावरण र हेरचाह, नियमित औषधी, ब्यायाम र सन्तुलित आहारले बिरामीको आयु बढ्ने सम्भाबना भने रहने चिकित्सकहरु बताउँछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *