बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

किन होला मन मेरोमा अनन्त र सिम्रनको स्क्रीन शेयर (भिडियोसहित)
काठमाडौँ । गायक इन्द्र कार्कीको आधुनिक पप गीत ‘किन होला मन मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीतमा रहेको गीतमा इन्द्र कार्कीले स्वर दिएका छन् ।
शुक्रबार शैली क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा अनन्त भण्डारी र मोडल सिम्रनले अभिनय गरेका छन् । किन होला…. गीतबाट नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेका नबोदित कलाकार अनन्त र सिम्रनको जीवन्त अभिनयले गीतलाई अझै उत्कृष्ट बनाएको छ ।
गीतमा पहिलो नजर मै मायाँ बसेका युवाहरुको भावनालाई समेटिएको छ । सुमन लामाले निर्देशन गरेको भिडियोको सम्पादन दिलिप योञ्जन र छायाङ्कन बसन्त महर्जनले गरेका हुन् । उत्पादन तथा बजार ब्यवस्थापन शैली क्रियशनले गरेको छ ।
हेर्नुहोस पूरा भिडियो –