रमिता नै रमिताको मेरो देश !

हरि पूर्व निरौला, ईलाम
मेरो देश नेपाल यसै त एसियाकै उत्कृष्ठ प्राकृतिक सुन्दरताको खानी। कयौँ हरियाली पर्यटकीय दृश्यले भरिपूर्ण मेरो देशको धरती। सेतै हाँसिरहेका हिमालयका टाकुरा। छङ छङ मोतीका लहर सरी बग्ने ती सितल झरना । सरर मन नै फुरुङ्ग हुने गरी अक्सिजन ले भरिपूर्ण हुने गरी चल्ने त्यो बतास। नदी को बहाव सगै रुज्ने त्यो सितल छाहरी अनि कल्याङ कुलुङ गीत गाइरहेका चरा चुरुङ्गी आहा ! मेरो देशको धरती। हरियाली मेरो देशको धरती। विश्वलाई चकित पार्ने मेरो देशको धरती। आखिर किन हामीले संरक्षण गर्न सकी रहेका छैनाै।

विश्वमा विरलै देश होलान् नेपालको जस्तो धरती भएका। तर हामीले यस्तो उर्वरा र प्राकृतिक भूमि थाहा हुँदा हुँदै पनि यसलाई दोहन सिवाय केही गर्न सकी रहेका छैनौँ। प्रकृतिले पनि एक पटक दिने हो त्यसपछि त्यसको विपरीत कार्यले पूर्णतया कार्य प्रणाली नै भंग हुने गर्दछ। त्यस्ता विपरीत कार्य को अनुगमन गरी यो धरतीको संरक्षण गर्नु प्रशासनको मात्र हात न भै प्रतेक जागरुक नागरिकको कर्तव्य हो तर विडम्बनाको कुरा हो हामीले त यसको संरक्षण गर्न सकेउन आफ्नो आउँदो पिढीलाई पनि यस्तो कुराको अनुभुति दिलाउन सकी रहेका छैनौँ। एक प्रकार ले हाम्रो धरती डायमण्ड को टुक्रा हो। यसको चमकमा पुरै दुनिया लिप्त र लालहित छ। कसरी हुन्छ यसलाई आफ्नो पोल्टो मा हत्याउन पाए हुन्थो भन्ने सोच्ने हरुको लरको लाग्ने गरेको बेला बेलामा विभिन्न काण्ड हरुले दर्शाउँदै आइरहेका छन्।

विश्व ब्रह्माण्डमा नेपाल जस्तो देव भूमि भारत पनि न भएको ईतिहासको काल खण्डमा पटक पटक उल्लेख गरिएको छ। तर भारतले पटक पटक आफ्नो चतुराइले नेपाली पुरातन वस्तुको स्टोर गरी विभिन्न नेपालसंग मिल्दा जुल्दा ठाउँ र संस्कृतिको सिको गर्दै नेपालको आफ्नो रत्न लाई उसको भन्ने भ्रम छर्दै आएको छ। भारतको यस्तो नसालु नजरबाट नेपाल बच्न सकी रहेको छैन। किनकि यो कुरा नेपाली बिकाउ शासक हरुले सोच्नै पाएका छैनन्। देश र राष्ट्र राष्ट्रियता के हो भन्ने कुरा उनीहरुलाई थाहा नै छैन। यो धरती त पुर्खाको अंश न हो कसरी आर्जेको हो भन्ने कुरा के थाहा हुन्छ र टुपिबाट पलाएकाहरुलाई।

हरा भरा प्राकृतिक सुन्दरताले ओतप्रोत नेपाल सबैको आँखाको तारो बन्नु स्वाभाविक नै हो। किनकि राम्रोमा नै सबैको नजर जान्छ। जुन तरिकाले हाम्रो धरतीको रचना भएको छ सारा शब्दकोश का उत्तम शब्दले पनि बखान गर्न सक्दैन । कुरा यति होकी हामीले यो धरतीको संरक्षण गर्न सकेनौं र यसलाई बर्बाद पार्ने पनि अधिकार छैन किनकी प्रकृति कसैको बाउ को अंश हैन सबैको साझा फूलबारी हो भन्ने जान्न जरुरी छ।

सबै मिलेर यसको संरक्षण गर्नु पर्दछ । रमिता नै रमिताले भरिएको यो देशलाई अझै चम्किलो तारा बनाउन हामी लागि परु अनि मात्र हाम्रो भलो हुन्छ। देशको भलो त हाम्रो भलो हैन भने छैन बस्ने थलो अनि कसरी हुन्छ त हाम्रो र हामी जनताको भलो?

सबै मीलौं गरुँ हातेमालो हाम्रो देश नै हो प्रकृतिकको साझा थलो। भन्ने भावनाका साथ सबै मिलेर आफ्नो आफ्नो ठाउँ बाट अगाडि बढौ अनि गरौं देशको विकास अनि मात्र निस्किन्छ उचित निकास।

Leave a Reply

Your email address will not be published. Required fields are marked *