निस्दी गाउँपालिकाले मनायो मौलिक स्थानीय बजाएर राष्ट्रिय धान दिवस

सुनिल कार्की
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस मौलिक पञ्चेबाजा बजाएर मनाएको छ । असार १५ को अवसरमा पालिकाले “जलवायु अनुकुलित कृषक मैत्री प्राविधि, धान उत्पादनमा वृद्धि” भन्ने राष्ट्रिय नारा सहित निस्दी ४ मित्यालको मुढाबास फाँटमा धान दिवस मनाएको हो ।

कृषि शाखाको आयोजनामा गाउँपालिकाले निस्दीको प्रसिद्ध मुढाबास फाँटमा पञ्चेबाजा बजाएर मौलिक तवरले राष्ट्रिय धान दिवस मनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र दयालले जानकारी दिनुभयो ।

वडा नं ४ का वडा अध्यक्ष सन्तवीर सुनारीको प्रमुख आथिथ्यतामा धान दिवस मनाईएको कृषि शाखा प्रमुख पुकार कार्कीले जानकारी दिनुभयो । वडा नं ४ का जनप्रतिनिधि,गाउँपालिकाका कर्मचारी र कृषकको सहभागितामा दिवस मनाईएको कृषि शाखा प्रमुख कार्कीले बताउनुभयो ।

धान दिवस मनाउन पुगेको निस्दी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोलीले खेत जोत्ने, आलि लगाउने, सम्माउने, बिउँ काड्ने र रोप्ने काम गरेर किसानलाई सघाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *